Comments Add Comment

१० रूपैयाँमा साडी किन्दा महिलाको भागाभाग

५ फागुन, भारत ।  भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।

सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।

भागदौड मच्चिँदा धेरै महिला घाइते भएका छन् । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६ सय भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् ।

प्रहरीले उक्त घटनाको छानविन शुरु गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment