Comments Add Comment

विश्वकपपछि क्रिस गेलले सन्यास लिने

६ फागुन, काठमाडौं । विश्वका विष्फोटक ब्याट्सम्यानका रुपले परिचित वेष्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले विश्वकपपछि सन्यास लिने घोषणा गरेका छन् ।

३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटपछि सन्यास लिने घोषणा गरेको बीबीसीले जानकारी दिएको छ । विश्वकप २०१९ को मे ३० देखि जुलाई १५ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ ।

क्रिस गेल इंग्ल्यान्डसँगको क्रिकेट सिरिजमा टिममा फर्किएका छन् । इंग्लान्डसँगको एकदिवसीय क्रिकेट सिरिज यही बुधबारदेखि सुरु हुँदैछ ।

एकदिवसीय क्रिकेटमा क्रिस गेलले २३ शतक प्रहार गरेका छन् भने ४९ अर्धशतक बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा मात्रै ९७२७ रन बनाएका छन् । सन् २०१५ को विश्वकप क्रिकेटमा उनले दोहोरो शतक प्रहार गरेका थिए । जिम्बाब्वेविरुद्ध बनाएको त्यो २१५ रन नै उनको करिअरको सबैभन्दा उच्च स्कोर हो ।

अलराउडरको रुपमा परिचित गेलले एक दिवसीय क्रिकेटमा १६५ विकेट समेत लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment