Comments Add Comment

सत्तारुढ विद्यार्थीले घेरे त्रिवि उपकुलपतिको कार्यालय

६ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माग गर्दै अखिल र अखिल (क्रान्तिकारी)ले संयुक्तरुपमा सोमबार नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन् ।

उपकुलपति तीर्थ खनियाँको कार्यालय नै घेराउ गरेपछि रजिस्टार डिल्लीराम उप्रेतीले विद्यार्थीहरुलाई सम्बोधन गर्दै छिट्टै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको अखिलका नेता आरसी लामिछानेले बताए ।

सत्तारुढ विद्यार्थीहरुले भने नेपाल विद्यार्थी संघको आन्तरिक किचलोका कारण स्ववियु निर्वाचन टार्ने चलखेल भएको आरोप लगाएका छन् ।

यो पनि पढ्नुस् – स्ववियु निर्वाचन तालिका प्रकाशन गर्न सत्तारूढ विद्यार्थीको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment