Comments Add Comment

६ सचिवको सरुवा, को कहाँ ?

८ फागुन, काठमाडौं । सरकारले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवहरूको सरुवा गरेको छ । एक जना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ ।

सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ ।

यसैगरी गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो । ठाकुरले मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाव दिएको र आफूले अस्वीकार गर्दा सरुवा गरिएको बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस सरुवापछि सचिवको आरोप : खानेपानीमन्त्रीले मुलुक डुबाउन खोजिन्

ठाकुरलाई नेपाल ट्रष्टमा पठाएर मन्त्रालयमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । शर्मा यसअघि प्रधानमन्त्री कार्यालयमा थिए । नेपाल ट्रष्टमा सचिव पद रिक्त थियो ।

यसैगरी प्रधानमन्त्री कार्यालयका अर्का सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।

यस्तै सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment