Comments Add Comment

ड्राइभरले फिर्ता गरे हराएको सुनसहितको पर्स

९ फागुन, विराटनगर । विराटनगर– ८ कि रङ्गु राजवंशीले बिहीवार बिहान करिब साढे ८ बजे सुनका राखेको पर्स हराइन् । स्कुल जाने क्रममा बाटोमै पर्स हराएपछि उनी निकै चिन्तित थिइन् ।

रुँदै वडा प्रहरी कार्यालय हाटखोलामा निवेदन दिएकी राजवंशीको पर्स करिब ९ बजे भेटियो । बिहान साढे ८ बजे डिएभी स्कुलका चालक भोला कँडेलले सुनसहितको पर्स भेटेपछि प्रहरी चौकीमा आएर राजवंशीलाई फिर्ता गरे ।

आश मारेको सम्पत्ति फिर्ता आएपछि राजवंशीले भनिन् ‘मेरो खुशी फर्काउने उहाँलाई दाजु बनाउछु ।’ अन्जान व्यक्तिले दुःखले जोडेको सम्पत्ति फिर्ता गरेपछि कँडेललाई राजवंशीले दाजुको साइनो लगाएकी हुन् ।

किण्डरजोय स्कुलमा कार्यालय सहयोगीको रुपमा काम गर्ने राजवंशीले सफारीमा स्कुल जाने क्रममा बाटोमा पर्स खसाएकी थिइन् । विद्यार्थी लिन आएका डिएभी स्कुलका चालकले देखेपछि वडा प्रहरी कार्यालय विराटनगरमा ल्याइदिएका थिए ।

सुन हराएको उजुरी दिएकी रङ्गु चौकीबाट निस्किएको केही बेरपछि कडेल सुनसहितको ब्याग भेटियो भन्दै प्रहरी चौकी पुगेका थिए । ‘एक, दुई सय रुपैया हराउदा चिन्ता हुन्छ, झन् सुन हराउदा कस्तो पीडा होला ?’ कडेलले भने ‘ सामान हराउदा अरुलाई पनि म जस्तै पीडा हुन्छ भन्ने सम्झिएर फिर्ता गरेँ ।’

सुन हराएको निवेदन लेखेकी राजवंशी रुदै काली मन्दिर पुगेकी थिइन् । ‘मन्दिरमा सुन भेटियोस भनेर भाकल पनि गरेको थिएँ’ उनले भनिन् ‘फर्कदै गर्दा पर्स भेटिएको फोन आयो ।’

हराउने र भेट्ने दुबै व्यक्ति प्रहरी चौकी आएपछि हस्तान्त्रण सुन हस्तान्त्रण गरिएको वडा प्रहरी कार्यालय हाटखोलाका इञ्चार्ज सई राजन पौडेलले जानकारी दिए । पर्समा १० आना भन्दाबढी सुनका तिलहरी, टप लगायतका सामग्री रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment