Comments Add Comment

पाकिस्तानका खेलाडीलाई भिसा नदिएपछि भारतलाई आईओसीको कारबाही

१० फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले विश्वकप सुटिङ प्रतियोगिता रोक्न भारतलाई निर्देशन दिएको छ ।

भारतमा भोलि शनिबारदेखि हुने भनिएको सुटिङको विश्वकप रोक्न आईओसीले निर्देशन दिएको हो । भारतले पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि स्वीट्जरल्यान्डमा बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बैठकले भारतलाई यस्तो निर्देशन दिएको हो ।

पाकिस्तानी खेलाडीलाई भारतमा भिसा नदिएसम्म ओलम्पिकसँग सम्बन्धित कुनै पनि प्रतियोगिता भारतमा आयोजना हुन नदिने पनि आईओसीले उल्लेख गरेको छ ।

पाकिस्तानका दुई जना खेलाडीले सुटिङमा प्रतिस्पर्धा गर्ने भएका थिए । जीएम बशीर र खलिल अहमद २५ मिटर ¥यापिड फायर इभेन्टमा प्रतिस्पर्धा गर्ने आईओसीले तालिका सार्वजनिक गरेको थियो ।

जम्मु कश्मिरको पुलवामामा भएको आतंककारी आक्रमणमा परी ४० भारतीय सुरक्षाकर्मी मारिएपछि भारत र पाकिस्तानबीच बड्दै तनाव छ । यसैलाई मुख्य कारण बनाई भारतले पाकिस्तानका दुई खेलाडीलाई आफ्नो देशमा आउन भिसा नदिएको हो ।

यता, नेशनल राइफल एसोसिएशन अफ पाकिस्तानले भारतको यस्तो निर्णयविरुद्ध आईओसीलाई उजुरी दिएको थियो । उजुरी परेसँगै खेलकुदको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भारतको कदम प्रति बहिस्कार गर्दै सबै देशका खेलाडीलाई समान ब्यवहार र राजनीतिक हस्तक्षेप विना प्रतियोगितामा सहभागि गराउनु पर्ने उल्लेख गरेको छ ।

भारतले गरेको यस्तो निर्णयले भारतलाई नै ठूलो धक्का लागेको छ । यो विश्वकप सुटिङ प्रतियोगितालाई सन् २०२० को टोक्यो ओलम्पिकको छनोटको रुपमा पनि लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment