Comments Add Comment

पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा

११ फागुन, बुटवल । विभागीय टिम नेपाल पुलिस क्लब २१ औं तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको छ । १० खेलाडीमा सिमित च्यासल युथ क्लबलाई ३-१ गोल अन्तरले पाखा लगाउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा भएको खेलमा पुलिसले १५ औं मिनेटमा विक्रम धिमालको गोलबाट अग्रता लिएको थियो । उनले तेज तामाङको पासमा गोल गरेका हुन् । बाँकी गोल भने दोस्रो हाफमा भयो ।

खेलको ५७ औं मिनेटमा धिमालले पुलिसको अग्रता दोब्बर पारे भने ८० औं मिनेटमा रवि पासवानले गोल गरेसँगै पुलिसको जित सुनिश्चित बन्यो । यद्यपि अन्ततिर शान्तबहादुर गुरुंगले च्यासलका लागि सान्त्वना गोल गरे ।

अमिर श्रेष्ठले रातो कार्ड पाएपछि च्यासल १० खेलाडीमा सिमित भएको थिषे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment