Comments Add Comment

६ महिनामा गैंडाकोट नगरपालिकाले उठायो ४ करोड राजश्व

सम्पत्ति करबाट मात्रै ५१ लाख

१२, फागुन, चितवन । नवलपुरको गैंडाकोट नगरपालिकाले चालु आर्थिक बर्षको छ महिना चार करोड बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले गत साउनदेखि पुससम्म ४ करोड ४२ लाख ९६ हजार ४ सय ६० रुपैंया राजश्व संकलन गरेको जनाएको छ ।

यसमा गतबर्षको मौज्दात रकम १ करोड ८९ लाख रकम समेत जोडिएको छ । नगरपालिकाले बार्षिक अनुमानित आयको लक्ष्य ४ करोड ४१ लख ७ हजार ३ सय ८१ रुपैयाँ अनुमान गरेको थियो । तर नगरपालिका आर्थिक बर्षको ६÷७ महिनामा नै लक्ष्य नजिक पुगेको छ ।

६ महिनाको अवधिमा नगरपालिकाले २ करोड ९१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । ‘माघ महिनामा पनि नगरपालिकामा उल्लेख्य राजश्व संकलन गरेको छ’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले भने, ‘नगरपालिकाले तय गरेको राजश्वको लक्ष्य सजिलै भेट्ने देखियो ।’

यो अवधिमा सबैभन्दा बढी एकिकृत सम्पती कर तर्फ ५९ लाख ९९ हजार ४ सय ४२ रुपैयाँ राजश्व संकलन भएको छ । सम्पत्ति कर तर्फ यसबर्ष जम्मा अनुमानित आय ८० लाख रहेको थियो । यस्तै २० लाख अनुमानित आय भएको घरबहाल करमा छ महिनाको अवधिमै बर्षिय लक्ष्य भन्दा बढी २२ लाख २९ हजार रुपैंया राजश्व संकलन भएको छ ।

नक्सापास दस्तुर ७४ लाख ५५ हजार ४६ रुपैयाँ संकलन भएको छ भने सिफारिस दस्तुर तर्फ ५२ लाख ५४ हजार ८ सय ६२ रुपैयाँ संकलन भएको छ । नगरपालिकामा यो अवधिमा सवारी साधन कर र मनोरन्जन कर तर्फ एक रुपैयाँ पनि संकलन भएको छैन ।

नगरपालिकाले विभिन्न सिफारीस, सेवा शुल्क, दर्ता तथा नवीकरण, एकीकृत सम्पत्ति कर, घरबाहल कर, भूमिकर लगायतका शीर्षकमा कर उठाउँदै आएको छ ।

संकलन भएको करले यहाँको आवश्यकता अनुसार विकास निर्माणको काम गरिने नगरप्रमुख छत्रराज पौडलले जानकारी दिए । जिल्लाका ८ स्थानीय तहमध्ये सबै भन्दा बढी राजश्व गैंडाकोटले नै गरेको पौडेलको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment