Comments Add Comment

सुकेटारबाट शव बोकेको हेलिकोप्टर काठमाडौं आउँदै

१६ फागुन, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको काठमाडौंतर्फ ल्याइएको छ ।

शव बोकेको नेपाली सेनाको हेलिकोप्टर केही बेरअघि ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौंतर्फ उडेको हो ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।

बाँकी शव बिहीबार विहान ल्याइएको हो । शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लैजाने तयारी छ ।

बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको फुङ्लिङ नगरपालिका सिस्नेभीरमा दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment