Comments Add Comment

भारतीय पाइलटलाई रिहा गर्ने पाकिस्तानको घोषणा

१६ फागुन, काठमाडौं । पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन्

हिजो पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो । यस क्रममा पाइलट अभिनन्दन पक्राउ गरेका थिए । भारतले उनलाई छुटाउन कुटनीतिक प्रयास गरेको थियो ।

संसदमा बोल्ने क्रममा प्रधानमन्त्री खानले ‘पिस गेस्चर (शान्ति संकेत)’ का रुपमा पाइलटलाई शुक्रबार रिहा गर्न लागिएको बताए ।

प्रधानमन्त्री खानले भने, ‘हामीले भारतलाई चिठी लेखेर विदेशमन्त्रीहरु भेट्नुपर्छ भन्यौं, तर हामीलाई राम्रो जवाफ आएन । हामीलाई लाग्यो कि यसको जवाफ नआउनुको कारण भारतको आसन्न चुनाव हो । उनीहरुको चुनावी एजेन्डामा हामीसँग सम्वन्ध राम्रो राख्ने कुरै हुँदैन ।’

पुलवामा आक्रमणमा भारतले पाकिस्तानमाथि निराधार रुपमा आरोप लगाएको उनले बताए । ‘हामीलाई यसबाट के प्राप्त हुन्थ्यो ? हामीले भारतलाई अनुसन्धानमा सहयोग गर्ने कुरा गरौं । हामी आफ्नो भूमिमा आतंकवादलाई अनुमति दिँदैनौं ।’

उनले अगाडि भनेका छन्, ‘हामीले आफैं देखेका छौं कि आतंकले के हुन्छ । हामी पिडित हौं । मलाई अफसोस छ कि भारतीय मिडियाले अत्यन्त केटाकेटी रवैया देखाए । उनीहरुलाई थाहा छैन युद्धको नोक्सानी । हाम्रो मिडिायाले ७० हजार मानिसहरुको आतंकका कारण मृत्यू भएको देखेका छन् । त्यसैले उनीहरु जिम्मेवार छन् ।’

आज भारतले जे गरिरहेको छ, आसन्न चुनावलाई हेरेर गरिरहेको छ । जब भारतले पाकिस्तानमा हमला गर्‍यौं, मलाई बिहानै थाहा भयो । हामीले सेना प्रमुखसँग कुरा गर्‍यौं । हामीले कसैको मृत्यू नभएको खबर पायौं । त्यसपछि निश्चय गर्‍यौं कि हामी केही गर्ने छैनौं । यदि कसैको पनि मृत्यू भएको छैन भने हामी किन कसैलाई मार्ने ? यो गलत हुन्छ । हामीले एक जिम्मेवार देशको रुपमा यो देखायौं कि हमलाको विषयमा भने चुप बस्ने छैनौं ।

यस हमलामा पाइलट पाकिस्तानको नियन्त्रणमा छन् । मैले मोदीलाई हिजो फोन गर्ने कोशिस गरेँ ताकि यसको जानकारी दिउँ । तर, उनी कुरा गर्न चाहँदैनन् । हाम्रो सबै प्रयास तनाव कम गर्ने नै हो ।

म भारतलाई सोध्न चाहन्छु के यो लडाईबाट कश्मिर प्राप्त हुन्छ । पछिल्लो २० वर्षमा कुनै पनि कश्मिरका नेता भारतीय नीति अन्तरगत रहन चाहँदैनन् । उनीहरु स्वतन्त्रता चाहन्छन् । आखिर किन काश्मिरी युवा आफूलई बम बनाउँछन् ? आखिर किन उनीहरुमा मृत्यूको डर समाप्त भएको छ ? भारतमा एउटा बहसको आवश्यकता छ । हरेक समय पाकिस्तानमाथि औंला नउठाउ ।

म मोदीलाई सन्देश दिन चाहन्छु कि कसैलाई युद्धतर्फ धकेलियोस । भारतलाई भन्न चाहन्छु कि यसर्लाइ यही रोकौं । अगाडि नलगौं । अन्यथा पाकिस्तानले वाध्यतावस जवाफ दिनुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस् : पाकिस्तानले पाइलट कब्जामा लिएपछि भारत ‘ब्याकफुटमा’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment