Comments Add Comment

नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पतालमा

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि मानमोहन कार्डिओथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा  भर्ना भएका छन् ।

उनी बुधबार बिहान अस्पताल गएका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय नमिलेकाले अस्पताल गएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । उनले भने, अस्पताल भर्ना भएको भन्दा पनि नियमित चेकजाँचका लागि आउनु भएको हो । दिनभर जस्तो लाग्छ होला ।’

प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment