Comments Add Comment

सरकारलाई राजपाको प्रश्न : मधेसमा जनमत संग्रह गर्न सहमति गरेको हो ?

२६ फागुन, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकार र सिके राउत समूहबीच भएको ११ बुँदे सहमति सकारात्मक भएको बताएको छ । तर, सहमतिका केही विषयमा सरकारले संसदमा प्रष्ट जवाफ दिनुपर्ने बताएको छ ।

संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले ‘स्वतन्त्र मधेस गठबन्धन’सँग सहमति बताए । आफूहरु राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको भन्दै उनले भने, विखण्डनलाई सरकारले मान्यता दिएको हो ? सरकारको जवाफ चाहन्छौं ।’

साथै सहमति गर्ने एउटा पक्षले जनमत संग्रह गर्ने सहमति भएको दाबी गरेको भन्दै उनले यसबारे संसदमा प्रष्ट जवाफ दिन सरकारलाई आग्रह गरेका छन् । मधेसबारे जनमत संग्रह गर्न खोजेको हो भने स्वीकार्य नहुने यादवले बताए ।

उनले आफूहरुसँग भएको सहमति पालना नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।

राजपा अध्यक्ष मण्डलका संयोजक यादवले मधेस तथा थारु आन्दोलनमा भएका घटनाबारे अध्ययन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । उनले भने, ‘सरकारले आफ्नो कमजोरी लुकाउन लाल (गिरिशचन्द्र लाल नेतृत्वको ) आयोगको प्रतिवेदन लुकाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment