Comments Add Comment

जापान सुरक्षित देश कसरी बन्यो ?

२६ फागुन, काठमाडौं । जापानको प्रगतिमा क्यामरा र प्रविधिको अहम भूमिका मानिन्छ, तर यहाँका जनताको सुरक्षाका लागि प्रविधिलाई मात्रै पूरा श्रेय दिन सकिँदैन । जापानलाई सुरक्षित देश बनाएको छ- यहाँको कानुन, अपराध रोक्ने खालका नीति र शिक्षा प्रणालीले ।

सन् २०१८ मा ग्लोबल पिस इन्डेक्सको सूचीमा जापान नवौ स्थानमा रह्यो । यस सूचीको पहिलो स्थानमा आइसल्याण्ड छ । यसैगरी २८ औं स्थानमा चिली पनि समावेश भयो जुन यो सूचीमा अटाएको ल्याटिन अमेरिकाको पहिलो देश हो ।

जापानमा लागुऔषध र अपराधसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको एक रिपोर्टका अनुसार गत वर्ष जापानमा प्रति एक लाखमा ०.२८ वटा हत्याका घटना भए । ब्राजिलमा सन् २०१७ मा यो दर ३०.८ थियो ।

यो तथ्यांक त पछिल्लो पटकको हो तर आरामको निद्राको पछाडिको कारण भने प्रहरीका हतियार र अपराधमा शून्य सहनशीलताको नीति हो । र, यी सबै नीति नियम तथा कानुनहरु दुई सय वर्ष पुराना हुन् ।

सामुदायिक प्रहरी

जापानमा सामुदायिक प्रहरीका पोष्टहरु छन् । उनीहरुलाई कोबेन भनिन्छ । एउटा कोबेनमा दुई-तीन जना प्रहरी रहन्छन् । उनीहरुको काम भनेको जनतालाई सुरक्षासँग सम्बन्धित जानकारी र सेवा दिनु हो ।

यदि कुनै व्यक्तिको कुनै सामान हरायो भने कोबेनमा गएर त्यसको जानकारी दिन सकिन्छ । यी प्रहरीले सामाजिक सेवाको काम गर्दछन् । पूरै जापानभर ६ हजार ६ सय कोबेन छन् ।

बन्दुकको सबैभन्दा कम प्रयोग जापानमा गरिन्छ । सन् २०१७ मा जापानमा २२ अपराधमा बन्दुकको प्रयोग गरियो, जसमा तीन जनाको मृत्यु भयो । यही अवधिमा अमेरिकामा १५ हजार ६१२ जनाको मृत्यु बन्दुकबाट भएको तथ्यांक छ ।

शिक्षाको महत्व 

जापानमा अपराध कम हुनुको पछाडिको अर्को कारण शिक्षा व्यवस्था हो । जापानमा ब्राजिलियन स्कुलकी डाइरेक्टर मयूमी यूमोर भन्छिन्, ‘यहाँ बच्चाहरुलाई सानैदेखि के कुरा सिकाइन्छ भने जुन उनीहरुको होइन, त्यो आफूसँग राख्नु अपराध हो ।’

यूमोरको स्कुल जासोमा छ । उनका अनुसार प्रहरीले विद्यार्थीहरुलाई धेरै प्रकारका कार्यक्रममा निम्तो गर्दछ । प्रहरीले फुटबल खेलमार्फत् पनि विद्यार्थीहरुलाई लागुऔषधबारे जानकारी दिन्छन् ।

जापानमा रक्सी सेवन गरेर साइकलसमेत चलाउन पाइँदैन । रक्सी पिएर साइकल चलाएको पाइएमा जरिवाना र कैद दुवै सजायँ हुन्छ । जापानमा साइकल चलाउँदा हेडफोन लगाउन, छाता ओढ्न र मोबाइल फोन प्रयोग गर्न पनि बर्जित छ ।

जापानका नागरिकहरुले यस्ता कानुनी व्यवस्थालाई पालना गर्दछन् र देशलाई राम्रो बनाउन योगदान गर्दछन् ।

धेरैजसो घरमा राखिएका पसलमा एक स्टिकर लगाइएको हुन्छ जसमा लेखिएको हुन्छ- कोडोमो ११० ब्यान्ड इन द ले । जसको अर्थ हुन्छ जुन बच्चा खतरामा हुन्छ, त्यसले यो ठाउँलाई शेल्टरको रुपमा प्रयोग गर्न सक्छ ।

यसका साथै प्राथमिक शिक्षाको सुरुवाती ६ वर्षसम्म विद्यार्थीहरुले आफूसँग एक अलार्म बोक्छन् र कुनै खतरा महसुस भएमा त्यसलाई बजाउँछन् ।

जापानमा सडक प्रयोगको कानुन पनि कडा छ । गाडी दुर्घटनामा संलग्नलाई कडा सजायँ दिइन्छ ।

सन् १९७० मा एउटा निकै कडा कानुन बनाइयो तर सन् १९७० मै कारहरुको संख्या यति धेरै बढ्यो कि दुर्घटनाबाट १६ हजार ७६५ जनाको ज्यान गयो । यसैको कारण जापानमा कडा दण्डनीय कानुन लागु गरियो ताकि यी नियम कानुनको पालनाबाट सडक दुर्घटना कम होस् । जापानमा मादक पदार्थ सेवन गरेर गाडी चलाएमा जेल सजाय हुन्छ ।

जापानमा हतियार किन्न पनि मुस्किल हुन्छ । हतियार किन्नु परेमा संयम भएर लामो समयसम्म प्रतिक्षा गर्नुपर्छ । यसका लागि एक दिनको कोर्स लिनुपर्छ । जसमा हतियार किन्न चाहने व्यक्तिले परीक्षा दिनुपर्छ । र, दोस्रो चरणमा निशाना लगाउन सक्नुपर्छ । यो कोर्समा जुन व्यक्तिले ९५ प्रतिशत सही जवाफ दिन्छ, उसले मात्रै हतियार राख्ने अनुमति पाउँछ ।

यति मात्र होइन त्यो व्यक्तिको मनोवैज्ञानिक र एन्टी डोपिङ टेस्ट पनि गराइन्छ । प्रहरीले बन्दुक खरिद गर्नेहरुको रेकर्ड जाँच गर्दछ र अन्तिम स्वीकृति दिन्छ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment