Comments Add Comment

स्युचाटारमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

Photo Credit : अनलाइनखबर फाइल

२६ फागुन, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-१०, कमलपोखरीस्थित स्युचाटारमा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीले शंकास्पद वस्तु प्रेसर कुकुर बम भएको हुनसक्ने आशंका गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी अनुसार खुला स्थानमा गाडेको अवस्थामा प्रेसर कुकुर जस्तो देखिने वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । लगत्तै, प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

‘अहिले सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरिसकेको छ’, बोगटीले भने, ‘थप अनुसन्धान जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment