Comments Add Comment

कांग्रेसको प्रश्न : गृहमन्त्रीलाई पत्याउने कि सिके राउतलाई ?

२७ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ११ बुँदे सहमतिपछि पनि सिके राउत समूहले स्वतन्त्र मधेसको नारा लगाउन नछाडेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

सिके राउतले सहमतिलाई जनमत संग्रहको रुपमा ब्याख्या गरेपछि आइतबार संसदमा सांसदहरुले प्रश्न उठाएका थिए । गृहमन्त्री रामबहादुर थापा बादलले जनमत संग्रहको सहमति नभएको स्पष्टीकरण दिए । तर, राउत जनकपुर जाँदा स्वतन्त्र मधेसको नारा लागेकोप्रति ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

कांग्रेस संसदीय दलले सोमबार विज्ञप्ति गर्दै जारी गर्दै सहमतिप्रति दुबै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा नभएको बताएको छ ।

‘गृहमन्त्रीलाई पत्याउने कि सिके राउतलाई ?’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, ‘सरकारप्रति प्रतिवद्ध गराउन नसक्नु सरकारकै कमजोरी हो ।’

यदि जनमत संग्रहको सहमति भएको होइन भने राउतलाई सहमतिप्रति इमान्दार बनाउनुपर्ने उनले बताए । ‘होइन भने सरकारको मिलेमतोको आशंका हुन्छ’ उनले भने ।

कांग्रेसले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामाथि आँच आउने क्रियाकलापप्रति आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment