+
+
Shares

कांग्रेसको प्रश्न : गृहमन्त्रीलाई पत्याउने कि सिके राउतलाई ?

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २७ गते १८:११

२७ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ११ बुँदे सहमतिपछि पनि सिके राउत समूहले स्वतन्त्र मधेसको नारा लगाउन नछाडेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

सिके राउतले सहमतिलाई जनमत संग्रहको रुपमा ब्याख्या गरेपछि आइतबार संसदमा सांसदहरुले प्रश्न उठाएका थिए । गृहमन्त्री रामबहादुर थापा बादलले जनमत संग्रहको सहमति नभएको स्पष्टीकरण दिए । तर, राउत जनकपुर जाँदा स्वतन्त्र मधेसको नारा लागेकोप्रति ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

कांग्रेस संसदीय दलले सोमबार विज्ञप्ति गर्दै जारी गर्दै सहमतिप्रति दुबै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा नभएको बताएको छ ।

‘गृहमन्त्रीलाई पत्याउने कि सिके राउतलाई ?’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, ‘सरकारप्रति प्रतिवद्ध गराउन नसक्नु सरकारकै कमजोरी हो ।’

यदि जनमत संग्रहको सहमति भएको होइन भने राउतलाई सहमतिप्रति इमान्दार बनाउनुपर्ने उनले बताए । ‘होइन भने सरकारको मिलेमतोको आशंका हुन्छ’ उनले भने ।

कांग्रेसले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामाथि आँच आउने क्रियाकलापप्रति आपत्ति जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?