Comments Add Comment

कांग्रेस आईमा प्रवेश गरे हार्दिक पटेल

२८ फागुन, काठमाडौं । भारतमा पटिदार आन्दोलनबाट चर्चामा आएका दलित समुदायका युवा नेता हार्दिक पटेल भारतीय कांग्रेसमा प्रवेश गरेका छन् । अहमदावादमा बसेको कांग्रेस कार्यसमिति बैठकमा राहुल गान्धीले उनलाई पार्टी प्रवेश गराए ।

२५ वर्षीय पटेलले सन् २०१५ मा गुजरातमा आफ्नो पटिदार जातिले सरकारी सेवामा आरक्षण पाउनुपर्ने माग राख्दै आन्दोलन छेडेका थिए । उनी अहिले गुजरातको जमनागरबाट लोकसभा चनाव लड्ने तयारीमा छन् । कांग्रेसले उनलाई टिकट दिने सम्भावना छ ।

जमनागरमा हाल भारतीय जनता पार्टीको प्रतिनिधित्व छ ।

पार्टी प्रवेशपछि पटेलले भने, ‘म त्यही कांग्रेस पार्टीमा आवद्ध भएको छु, जसलाई विगतमा सुभाषचन्द्र बोस, पण्डित नेहरु, सरदार पटेल, इन्दिरा गान्धी, राजीव गान्धी जस्ता हस्तीहरुले नेतृत्व गरेका थिए ।’

सन् २०१७ को गुजरात चुनावमा पटेलले कांग्रेसलाई समर्थन गरेका थिए । उक्त चुनावमा कांग्रेसले १८२ मध्ये ८१ सिट जितेर भाजपालाई कडा चुनौती दिएको थियो । गुजरातमा सन् २०१४ को लोकसभा चुनावमा खस्केको कांग्रेस अब पटिदार समुदायको भोटबाट आफूलाई फेरि पहिलो स्थानमा उभ्याउने दाउमा छ ।

अघिल्लो लोकसभा चुनावमा सबै २६ सिट भाजपाले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment