Comments Add Comment

‘संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्न सक्छौं’

२८ फागुन, बुटवल । सिके राउत नेतउृत्वको स्वतन्त्र मधेस गठबन्धन, रुपन्देहीले पृथकतावादी आन्दोलन नत्यागेको संकेत गरेको छ ।

सरकारसँग भएको ११ बुँदे सहमतिले संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्न सक्ने अवस्था बनेको उसको दाबी छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वराज आन्दोलनको रोडम्यापअनुसार संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्न सक्छौं ।’

यूएनपीओपछि राष्ट्रसंघमा प्रतिनिधित्वको बाटो खुलेको समेत ताएको छ ।

सरकारसँग भएको सहमतिलाई राउत स्वंयमले जनमत संग्रह गर्न सरकार तयार भएको अर्थ लगाएपछि सत्तारुढसँगै विपक्षी दलले सरकारलाई प्रश्न गरेका छन् । त्यही बेला गठबन्धनको रुपन्देही कमिटीको वक्तव्यले थप शंशय जन्माएको छ ।

भैरहवामा बुधबार आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका रुपन्देही संयोजक भोपेन्द्र यादवले ११ बुँदे सहमति मधेश र देशको हितमा रहेको बताए । ‘२०७३ सालमा रुपन्देहीको मर्चवार घटनामा पनि ५० जना बढी नागरिकमाथि मुद्धा थियो, अब केही दिन पश्चात मुद्धा फिर्ता हुन्छ’ उनले भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment