Comments Add Comment

पत्नीको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान

३ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका प्रस्थान गरेका छन् ।

श्रीमती सीता दाहालको उपचारका लागि उनी त्यसतर्फ गएका हुन् । आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताए ।

उनले ७ देखि १० दिनमा उपचार सकिने अनुमान गरेको बताए । यदि नसकिएमा सीतालाई छोरी गंगाको जिम्मामा छाडेर आफू स्वदेश फर्किने प्रचण्डले बताए ।

यो पनि पढ्नुहोस् :  सीता दाहालको स्वास्थ्य समस्या के हो ? नेपालमा उपचार सम्भव छैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment