Comments Add Comment

ब्रेग्जिट : प्रधानमन्त्री मेको दोस्रो ठूलो हार

२९ फागुन, काठमाडौं । ब्रिटेनको संसदले प्रधानमन्त्री टरिजा मेले पेश गरेको युरोपेली संघ (ईयू) बाट बाहिरिने सम्झौता (ब्रेग्जिट) दोस्रोपटक अस्वीकार गरेको छ ।

ब्रग्जिट मुद्दामा प्रधानमन्त्री मेको एउटा अर्को ठूलो हार हो । यसअघि जनवरीमा पनि उनको प्रस्ताव संसदले अस्वीकृत गरेको थियो ।

योपटक सम्झौताको विपक्षमा झन बढी मत परेको बीबीसीले जनाएको छ । संशोधित मस्यौदाको पक्षमा २४२ मत परेको छ भने विपक्षमा ३९१ मत परेको छ ।

सोमबार राति अबेर ईयूका नेताहरुसँग कुराकानी गरेकी प्रधानमन्त्री मेले संसदमा अपिल गरेकी थिइन् कि ब्रेग्जिटको संशोधन मस्यौदालाई समर्थन होस् वा बेग्जिक्टलाई अस्वीकार गरौं । संसदले मेको संशोधित मस्यौदालाई अस्वीकार गर्‍यो ।

अब २९ मार्चमा विना सम्झौता ईयूबाट बाहिरिने वा नबाहिरिने संसदमा मतदान हुने बताइन् । विना सम्झौता ईयू छाड्दा आयरल्याण्डसँगको सीमा व्यवस्थापना कसरी गर्ने भन्ने योजना बुधबार सरकारले घोषणा गर्ने उनले बताइन् ।

प्रमुख विपक्षी दल लेबरका नेता जेरेमी कर्बिनले भने प्रधानमन्त्री मेको प्रस्ताव प्रष्ट रुपमा विफल भएकाले अब आमचुनाव घोषणा गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment