Comments Add Comment

मर्यादाक्रममा संशोधन : सांसद भन्दा पूर्वमन्त्री तल

Photo Credit : रासस

३० फागुन, काठमाडौं । सरकारले पूर्वमन्त्रीभन्दा वर्तमान सांसद माथि रहने गरी मर्यादाक्रममा संशोधन गरेको छ ।

यसअघि सरकारले गत पुस २६ गते सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा प्रतिनिधि सभाका सदस्य र राष्ट्रियसभाका सदस्यहरु पूवमन्त्रीहरु भन्दा तल राखिएको थियो । तर मन्त्रिपरिषद बैठकले त्यसलाई संशोधन गरेर सांसदहरुलाई मर्यादाक्रममा माथि राखेको हो ।

यसअघि पूर्वमन्त्रीहरु मर्यादाक्रमको सातौं नम्बरमा थिए भने सांसदहरु नवौं नम्बरमा थिए । मर्यादाक्रमलाई सच्याएर सरकारले पूर्वमन्त्रीहरुलाई पनि मर्यादाक्रमको नवौं नम्बरमा नै राखेको हो । त्यस्तै उच्च अदालतका मुख्य न्यायाधीशको मर्यादाक्रम पनि पहिले भन्दा माथि राखिएको छ । पहिले ११ नम्बरमा राखिएको उच्च अदालतका मुख्य न्यायाधीशलाई पनि नवौं नम्बरमा राखिएको छ ।

संशोधित मर्यादाक्रमअनुसार नवौं नम्बरमा नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका बिभिन्न समितिका सभापति, काठमाडौं महानगरपालिकाका प्रमुख, संविधानसभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारका मुख्य सचिव र प्रधानसेनापति रहनेछन् ।

अन्यको मर्यादाक्रम भने सरकारले गत पुस २६ गते सार्वजनिक गरे अनुसार नै कायम रहेको मन्त्री बास्कोटाले बताए ।

हेर्नुहोस् मर्यादाक्रम : नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ? (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment