Comments Add Comment

यू–१९ टिमको कप्तान बने रोहितकुमार

१ चैत, काठमाडौं । आसन्न यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

रोहितकुमार पौडेलले कप्तानको जिम्मेवारी पाएका छन् । उनी सिनियर टिमका नियमित सदस्य समेत हुन् ।

टोलीमा आसिफ शेख, पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की, रसिद खान र कमल सिंह ऐरी छन् ।

यस्तै रविकुमार शाह, सागर ढकाल, अभिशेक बस्नेत, कुशल मल्ल, हरिबहादुर गौचन, प्रतिश जिसी, आकाश चन्द, सूर्य चामा, लोकेशबहादुर बम र शेर मल्ल छन् ।

टोली भोलि नै भारतको आन्द्रा जानेछन् । आन्द्र प्रदेश क्रिकेट टिमसँग चार अभ्यास खेल हुनेछ र त्यस आधारमा अन्तिम १४ टिम घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment