Comments Add Comment

भोजपुरवासीका लागि ईष्टर्न हाईड्रोको सेयर खुला

३ फागुन, भोजपुर । भोजपुर जिल्लाकै ठूलो विद्युत गृह ईष्टर्न हाइड्रोपावरले जिल्लावासीका लागि संस्थापन सेयर खुला गरेको छ ।

विजुली उत्पादनको अन्तिम तयारीमा पुगेको यस आयोजन प्रभावित क्षेत्र र जिल्लाभरीका सर्वसाधारणका लागि सेयर खुला गरेको हो ।

आयोजना प्रभावित क्षेत्र भोजपुर नगरपालिका वडा नं ५, ६, ७ र ९ का वासिन्दाका लागि प्रतिकित्ता १ सय रुपैँया र यी वडावाहेकका जिल्लाभित्र बसोबास गर्ने अन्य सर्वसाधारणका लागि प्रतिकित्ता १ सय ५० रुपैयाँ सेयरको मूल्य तोकिएको छ ।

आयोजनाको पीपीए अनुसार कुल लागतको १० प्रतिशत लगानी स्थानीयका लागि अनिवार्य हुने गरी सेयर खुलाइने तयारी रहेको आयोजनाका जनसम्पर्क अधिकृत दिपेन राईले बताए । ६ करोड २० लाख बराबरको हिस्सामा शेयरको बाँडफाँट हुने राईले जानकारी दिए ।

सेयर लिन चाहनेले प्रभु बैंक भोजपुर शाखाबाट आइतबार फागुन ३ गतेदेखि १५ दिनभित्र ५० कित्तादेखि १० हजार कित्तासम्म खरिद गर्न सक्ने आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

स्थानीय पिखुवा खोलाबाट निकालिएको ५ मेगावाट क्षमताको कुल १ अर्ब १५ करोड लागत रहेको सो आयोजनाको विद्युतगृहदेखि भोजपुर नगरपालिकाको वडा नं ७ र ९ को सिमानामा पर्ने पानीट्याङ्कीसम्म ट्रान्समिटर र ट्रान्सर्फमर राख्ने, पोल गाड्ने, स्विच राख्ने, तार टाँग्ने लगायतका काम भईरहेको ईन्जिनियर रोशन साहले जानकारी दिए ।

आउँदो एकहप्ताभित्रै चीनको प्राविधिक टोलीले टरबाईन टेस्ट गरेपछि चैत महिनाभित्रबाट विद्युत प्रशारण सुरु गरिनेछ ।

बिजुली बाल्न सुरु भएको ३५ वर्षपछि उक्त आयोजना नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने सम्झौता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment