Comments Add Comment

जब भाषण गरिरहेका कमल थापाको भ्यान प्रहरीले गुडायो …

२५ चैत, काठमाडौं । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै पार्टीले आयोजना गरेको प्रदर्शनका क्रममा राप्रपा अध्यक्ष कमल थापा पद्मोदय मोडमा भाषण गरिरहेका थिए ।

रत्नपार्कबाट सुरु भएको प्रदर्शन पद्मोदय मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । नेताहरु भ्यानमा चढेर भाषण गरेका थिए । प्रदर्शन अवधिभर सवारी साधनलाई रोकेको प्रहरीले २ बजेपछि तपाईंहरुको समय सकियो भन्दै एकतर्फी सवारी सुचारु गर्‍यो ।

भाषण गरिरहेका थापा प्रहरीसँग रिसाए र आफ्नो कार्यकर्तालाई बाटो बन्द गर्न निर्देशन दिए । राप्रपा कार्यकर्ताले बाटो बन्द गर्न खोजेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भयो ।
थापा भाषण गरिरहेका थिए । गोली नै हाने पनि आफूहरु पछि नहट्ने भनिरहेका थिए ।

एकाएक गाडी गुड्यो । भएछ के भने प्रहरीले भ्यानका चालकलाई हटाएर आफैं गाडी चलाएको रहेछ । थापासँगै नेताहरु दिपक बोहोरा र बृद्धिमान तामाङ भ्यानमै बसेको अवस्थामा प्रहरी घेरामा परे ।

तर, कार्यकर्ताले गाडी लैजान नदिएपछि प्रहरीले सडकको एउटा किनारामा राख्यो र नेताहरु गाडीबाट झर्न भ्याए । प्रहरी र कार्यकर्ताबीच थापालाई लिएर तानातान भएको भन्दै राप्रपा नेता मोहन श्रेष्ठ भन्छन्, ‘अध्यक्षलाई पुलिसबाट खोसेर ल्याइयो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment