Comments Add Comment

दिपकराज र रोहितको फिल्मको नाम ‘छ माया छपक्कै’

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम तय गरिएको छ । वैशाखबाट छायांकनमा जान लागेको यो चलचित्रको नाम ‘छ माया छपक्कै’ राखिएको छ । चलचित्र विकास बोर्डमा नाम दर्ता भएसँगै नाम सार्वजनिक गरिएको हो । अन्य केही टाइटलमा समेत काम गरिताएपनि यो नाम नै राम्रो लागेकाले फाइनल गरिएकोे निर्माणपक्षले बताएको छ ।

चलचित्र ‘छ माया छपक्कै’लाई निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । चलचित्रका लागि अहिलेसम्म कलाकारको रुपमा कलाकार दिपकराज गिरी र केदार घिमिरे मात्र फाइनल गरिएको छ । चलचित्रमा एक मात्र नायिका हुने बताइएको छ । तर, चल्तीका केही नायिकाहरुसँग कुरा गरिएतापनि कोहीलाई पनि फाइनल नगरिएको वुझिएको छ ।

चलचित्र ‘छ माया छपक्कै’लाई कमेडी कथामा नै निर्माण गरिनेछ । चलचित्रको निर्माणपक्षले कथालाई अन्तिम रुप दिइरहेको छ । यसपटक दिपकराज गिरी र उनको टिमले निर्माता रोहित अधिकारीसँग टिमअप गरेको छ । ‘वडा नम्बर ६’देखि चलचित्र निर्माणमा सक्रिय आमा सरस्वती मुभिजले यसपटक पनि लक्की मानिएको ‘छ’ अक्षरलाई छाडेको छैन ।

यो चलचित्रमा रोहित अधिकारीले मात्र लगानी गर्नेछन् । तर, नाफाको ५० प्रतिशत भने दिपकराज गिरी र उनको टिमलाई जानेछ । यो चलचित्र आउँदो बर्षको दशैंमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment