+
+
Shares

भक्तपुरमा सुरु भयो बिस्केटजात्रा, यसरी तानिन्छ रथ

विकास श्रेष्ठ/चन्द्र आलेमगर विकास श्रेष्ठ/चन्द्र आलेमगर
२०७५ चैत २८ गते २:००

भक्तपुर । नयाँवर्षको आगमनसँगै बिस्केटजात्रा सुरू भएको छ । बुधबार बिहान भैरबनाथको पूजा भएसँगै शुरु भएको जात्रामा दिउँसो स्थानीयवासी र सरकारी पूजा सकिएपछि रथ तान्न थालिएको छ ।

नयाँवर्षको चार दिन अगाडिदेखि शुरु भई नयाँवर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केटजात्रा यहाँका बासिन्दाले आठरात नौ दिनसम्म धुमधामका साथ मनाउने गरेका छन् । जात्राको पहिलो दिन बिहानैदेखि भैरब र भद्रकालीको पूजा गरी अपरान्हबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ ।

परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केटजात्रा “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।

चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो् उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भेलुखेलमा भव्य मेला लाग्छ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेअनुसार जात्रालाई शत्रुहन्तजात्रा पनि भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?