Comments Add Comment

 सुजुकीको नयाँ शाेरूम ललितपुरकाे धाेबिघाटमा

२८ चैत, काठमाडाैं । सुजुकी गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ललितपुरको धोबिघाटमा नयाँ शोरुमको स्थापना गरेको छ ।

कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित यस ‘स्टेट अफ द आर्ट’ शोरूमको उद्घाटन मारुती सुजुकी इंडियाका कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सीजी होल्डिंग्सका अध्यक्ष अरुण चौधरीले संयुक्त रुपमा गरेका छन् ।

धोबिघाटमा स्थापित यस ‘स्टेट अफ द आर्ट’ शोरूम सुजुकीको प्रमुख शोरुमका रुपमा स्थापना भएको हो । ‘वे अफ लाइफ’लाई आधार बनाएर डीजाइन गरिएको सुजुकीको यस नयाँ शोरुमले ब्रान्डका अत्यावश्यक कारकहरू जस्तै उत्पादन, डिजाइन र खरीददारहरूलाई प्रोत्साहन जस्ता सामग्रीहरू समावेश गरेको छ ।

व्यापार यूनिटका प्रमुख, सिरज पन्तका आनुसार ग्राहकहरु शोरुममा गाडी किन्नका लागि मात्र नभई उनीहरु एक उत्साह खोज्न आउँछन्, जुन अरु कहीं पनि पाउन सक्दैनन् ।

उनले भने, ‘यस नयाँ सुजुकी शोरुम र यसको वातावरणले उनीहरुलाई त्यो उत्साह प्रदान गर्नेछ ।’ सुजुकीले देशभर बिक्री, सेवा र जेन्यून स्पेयर पार्टको सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गर्दछ । कम्पनीले ३३ सेल्स, ३६ सेवा सञ्जाल र थप २०० भन्दा बढी आउटलेटको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment