
१४ चैत, काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम शुभेक्छा अटो वक्र्स तनहुँको दुलेगौँडामा संचालनमा ल्याएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ ।
यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।
देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको उसले बताएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका एक्जुकेटिभ डाइरेक्टर आयुषमान गोल्छाले भने, ‘हामी तनहुँमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं ।
उनले थपे, ‘ग्राहकहरुको बढ्दो मागका कारण हामीले तनहुँमा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै तनहुँका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।’
प्रतिक्रिया 4