Comments Add Comment

प्रचण्डको प्रश्न : बाजेको पालामा खाद्यान्न निर्यात, अहिले खै त उत्पादन ?

६ वैशाख, चितवन । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७० बर्षअघि खाद्यान्नमा आत्मनिर्भर रहेको नेपाल अहिले परनिर्भर हुनु दुःखद भएको बताएका छन् ।

‘बाजेको पालामा खनिखोस्री खेती गर्दा खाद्यान्न निर्यात गर्ने नेपाल अहिले कसरी परनिर्भर भयो’ प्रचण्डले प्रश्न गरे ‘हामीले दिँदै आएको शिक्षा प्रणालीमा त कतैं कमजोरी छैन, यतिका विश्वविद्यालय खुले, खेती प्रणाली आधुनिक पनि बन्दै गयो खै त उत्पादन ?’

प्रदेश ३ प्रदेश नीति तथा योजना आयोगको आयोजनामा शुक्रबार भरतपुरमा शुरु भएको निजी क्षेत्रका लगानीकर्ताहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्नुको विकल्प नरहेको बताए ।

अहिलेको राजनीतिक परिवर्तन गुणात्मक भएको तर कार्यशैली पुरानै हुँदा समृद्धिको अभियानमा समस्या आउन सक्ने प्रचण्डको भनाइ छ । ‘म यहाँ कर्मचारीतन्त्रलाई दोष दिन चाहन्न, यो राजनीतिक नेतृत्वकै कमजोरी हो कि जस्तो लागेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘परिवर्तनलाई अनुभूति दिलाउने कानुन दिन नसक्नु राजनीतिक नेतृत्वकै कमजोरी हो । हिजोको जस्तै कार्यशैलीले अब देश अगाडि बढ्दैन ।’

अध्यक्ष प्रचण्डले नेपाली उद्योगी ब्यवसायी र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताए । स्वदेशी व्यवसायी र लगानीलाई प्रोत्साहन नगरी विदेशी लगानीकर्ता नेपाल ल्याउछु भनेर सोच्नु दिवास्वप्न हुने प्रचण्डको तर्क छ । लगानीका लागि निजी क्षेत्रलाई विश्वासमा लिन सरकारले सक्दो प्रयास गर्ने प्रचण्डले विश्वास दिलाए ।

सार्वजनिक क्षेत्रले निजी क्षेत्रलाई र निजी क्षेत्रले सार्वजनिक क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परितर्वनको खाँचो रहेको प्रचण्डको भनाइ छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवंम पुर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा गुणस्तरीय योजना र नीति निर्माणमा समस्या नभई कार्यान्वयनमा समस्या रहेको बताए ।

यस्तै प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार तयार रहेको स्पष्ट पारे ।

शनिबारसम्म चल्ने कार्यक्रममा प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष खिमलाल भट्टराईले प्रदेशको आधारपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment