+
+
Shares

अजयमाथि कंगनाकी बहिनीको यस्तो आरोप

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १०:३०

बलिउडमा नायिका कंगना रनावत आफ्नो तिखो बोलीका कारण चर्चामा छिन् । उनले बलिउडका केही कलाकारमाथि विभिन्न खालका आरोप लगाइसकेकी छिन् । अहिले कंगना मात्र होइन, उनकी बहिनी रंगोली पनि बलिउडकर्मीमाथि आरोप लगाउन अगाडि छिन् । यसपटक उनको निशानामा बलिउड नायक अजय देवगण परेका छन् ।

अजयले आफू अभिनित नयाँ चलचित्र ‘दे दे प्यार दे’मा कलाकार आलोकनाथलाई लिएका छन् । आलोकनाथ यतिबेला ‘मि टू’काण्डमा फसेका छन् । तर, यति ठूलो आरोप खेपिरहेका कलाकारलाई चलचित्रमा लिएको भन्दै अजय र उनको टिमको आलोचना भैरहेको छ ।

यसैविच, कंगनाकी बहिनी रंगोलीले पनि चलचित्रको टिममाथि आरोप लगाएकी छिन् । उनले ट्विटरमा ट्विट गर्दै लेखेकी छिन्–‘यस्तै, मानिसहरुका कारण यो संसारमा महिलाहरुमाथि अत्याचारको घटना बढेको छ । यसले विश्वको नक्सामा भारतको नक्सामाथि कालो धब्बा लागेको छ । बलिउडको यस्ता घटनालाई रमाइलोसँग लिदा लाज लाग्नुपर्ने हो ।’

उनले अगाडि लेखेकी छिन्–‘यी मानिसहरु पैसा र शक्तिको नशामा भुलेका छन् । उनीहरु एउटा यस्तो आन्दोलनलाई उडाइरहेका छन्, एउटा यस्ता आरोप लागेको व्यक्तिलाई समर्थन गरिरहेका छन् । र जो मानिसहरु मौन बसेका छन् उनीहरुलाई थाहा हुनुपर्छ कि यो घटना अहिले अरु कोहीमाथि घटेपनि पृथ्वी गोलो छ, घुमेर आफूमाथि पनि आउँछ ।’

आलोकनाथलाई चलचित्रमा लिएपछि नायिका तनुश्री दत्ताले पनि चलचित्रको टिमको आलोचना गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?