Comments Add Comment

आँधी प्रभावितलाई प्रदेश सरकारले दियो सवा ३ लाखको चेक

६ वैशाख, जनकपुरधाम । बारा र पर्सामा आएको विनाशकारी आँधीका कारण ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गरेको छ । बाराको कलैयामा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबुु राउतले पूर्व घोषणाअनुसार मृतक परिवारलाई ३ लाख २५ हजारको चेक प्रदान गरे ।

१७ चैतमा आएको विनाशकारी आँधीमा परी बारा र पर्साका २८ जनाको ज्यान गएको थियो । घटनाको भोलिपल्ट विहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मृतक परिवारलाई रु ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

कार्यक्रममा कार्यक्रममा कागजात पुुरयाएका आठ जना मृतक परिवारलाई मात्र चेक हस्तान्तरण गरिएको छ । मृत्यु दर्ताको प्रमाणपत्र, नाता प्रमाणितको प्रमाण पत्र, हावाहुरीमा परी ज्यान गुमाएको प्रमाणित, रकम लिने नातेदारको नागरिकताको प्रतिलिपि र मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई उपलब्ध गराउनुपर्ने छ ।

कागजात नपुुगेको पीडित परिवारले कागजात लिएर आएमा रकम उपलब्ध गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाए ।

यस्तै प्रदेश सरकारले मृतक परिवारलाई क्रिया खर्च वापत २५/२५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार पीडित परिवारको साथमा रहेको बताउँदै घाइतेको उपचारमा कुनै त्रुटी हुन नदिन सम्बन्धित अस्पतालका प्रशासनलाई निर्देशन दिएको बताए । आँधी प्रभावितको घर बनाउन प्रदेश सरकार तयार रहेको भन्दै उनले संघीय सरकार र नेपाली सेनाको सहयोगमा घर बनाउन लागेको बताए ।

राष्ट्रिय शोक घोषणा नगरिएकोमा आपत्ति

विनाशकारी हाबाहुरी आएको भोलिपल्ट प्रदेशका मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्दै राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका थिए । संघीय सरकारले यसबारे कुनै निर्णय गरेन ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्ऽ सोनालले आँधी प्रभावितको सहयोगमा प्रदेश सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरेको बताउँदै अहिले पनि आफ्नो जिम्मेबारीबाट पछि नहटने बताए । मन्त्री सोनालले राष्ट्रिय शोक घोषणा नगर्ने संघीय सरकारको निर्णयप्रति आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment