Comments Add Comment

आठौं राष्ट्रिय खेलकुद : ह्याण्डबलमा विभागीय टिमका दबदबा

६ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबलको पुरुषमा विभागीय टिम आर्मीले कर्णाली प्रदेशलाई ४७–१० गोलअन्तरले पराजित गरेको छ ।

नेपालगन्ज रंगशालाको परिषरमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई सहज रुपमा पराजित गरेको हो । त्यस्तै, अर्को खेलमा एपीएफ क्लबले प्रदेश तीनलाई ३९–२३ गोलअन्तरले पराजित गरेको छ ।

अर्को खेलमा भने गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५ को गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, प्रदेश एकले प्रदेश २ लाई २८–१४ गोलअन्तरले पराजित गर्न सफल भयो ।

यता महिलातर्फको खेलमा भने गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४ गोलअन्तरले पराजित गरेको छ । यता, आर्मीले कर्णालीलाई ५४–२, सुदूरवपश्चिमले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment