Comments Add Comment

१४ वर्षदेखि एक्लै किन घुम्दैछ यो घोडा ?

बिहान बिहान मर्निङ्ग वाकमा निस्किने धेरै मानिसको बानी हुन्छ । तर यदि मानिस होइन, कुनै जनावर दिनहुँ मर्निङ्गवाकमा निस्किन्छ भने के भन्ने ?

जर्मनीको फेचनहेम जिल्लामा पछिल्लो १४ वर्षदेखि एउटा घोडा यसरी एक्लै घुमिरहेको छ ।

यो घोडा हरेक दिन बिहान सडकमा टहलिनका लागि निस्किन्छ । त्यहाँका मानिसहरुलाई पनि यो घोडाको मर्निङ्गवाक हेर्न बानी परिसकेको छ ।

जेनी नामको यो अरबी जातको घोडाको घाँटीमा केही लेखिएको एउटा रातो कार्ड झुण्डिएको हुन्छ । त्यसमा लेखिएको छ, मेरो नाम जेनी हो । म भागेकी होइन । केवल टहल्नका लागि निस्केकी हुँ । धन्यवाद ।

यो घोडा त्यस शहरमा सेलिब्रेटी जस्तै बनेको छ । यो घोडाका मालिक वर्नर विशेडेल हुन् । उनको उमेर ७९ वर्ष छ । उनले यो घोडालाई विशेडेलले १४ वर्षदेखि हरेक बिहान एक्लै घुम्न छाडिदिने गरेका छन् । उनी वृद्ध भएको हुँदा यो घोडामा चढ्ने गरेका छैनन् ।

यो घोडाको दिनचर्या नै यस्तो छ कि यसले दिउँसोको खाना खाने बेलाअघि सम्म आसपासको बाटोमा कम्तीमा पनि ८ पटक चक्कर लगाउँदछ । त्यसपछि ऊ खाना खानका लागि घर फर्किन्छ । दिउँसो ठ्याक्कै खाना खाने समयमा ऊ घरमा उपस्थित भैहाल्छ, मानौँ उसको जिउमा घडी छ । यसको समयतालिका हेर्दा मानिसहरु छक्क पर्दछन् ।

कतिपयले यसरी छाडा छाडिएको घोडाका बारेमा पुलिसमा उजुरी नगरेका पनि होइनन् । तर यो घोडाले अहिलेसम्म कसैलाई पनि कुनै नोक्सान नपुर्याएको भन्दै पुलिसले कुनै कारवाही गरेन । घोडा मालिक वेशेडेल पनि आफ्नो घोडाले मानिसहरुलाई कुनै हानी नगरोस् भन्ने कुरामा चनाखो छन् र यसमा पुलिसलाई सघाउने गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment