Comments Add Comment

दिल्ली ५ विकेटले विजयी, सबैभन्दा सफल बलर बने सन्दीप

Photo Credit : Prashant Bhoot /SPORTZPICS for BCCI

८ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो ।

यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ ।

दिल्लीको तर्फबाट कप्तान श्रेयस अय्यरले सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । अय्यरले ४५ बलमा जारी सिजनमा दोस्रो अर्धशतक बनाए । आईपीएलमा उनले १२ अर्धशतक बनाएका छन् ।

यसैगरी पृथ्वी शाले ११ बलमा १३ रन बनाए । शिखर धवनले ४१ बलमा ५६, ऋषभ पन्तले ७ बलमा ६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाए ।

पन्जाबकोतर्फ हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिए । मोहम्द शमीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । मन्दिप सिंहले ३० रन योगदान गरे । हरपि्रत बरार १२ बलमा २० रन बनाउँदै अविजित रहे । कप्तान रविचन्द्रन अश्विनले १६ रन बनाए ।

स्टाइलिस प्लेयर बने सन्दीप

यो म्याचमा दिल्लीबाट खेलिरहेका सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनले ४० रन खर्चेर ३ विकेट लिए । सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पाए ।

फर्ममा रहेका सलामी ब्याट्सम्यान लोकेश राहुललाई केबल १२ रनमा आउट गरेर सन्दीपले पन्जाबलाई पहिलो झट्का दिएका थिए । त्यतिबेला पन्जाबको स्कोर १३ रन थियो । त्यसपछि सन्दीपले क्रिस गेल र सेम कुरेनलाई पनि आउट गरे ।

उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २-२ विकेट लिए ।

यो पनि पढ्नुहोस क्रिस गेल र सन्दीपको रोचक संघर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment