Comments Add Comment

दोश्रो सातामा ‘ए मेरो हजुर ३’को रफ्तार उस्तै, हल पुगे अनमोल र सुहाना

शुक्रबारदेखि प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको चलचित्र ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तार रोकिएको छैन । नयाँ बर्षको छेकोमा रिलिज भएको चलचित्रले सोमबारदेखि बिहिबारसम्म पनि व्यापारको रफ्तार होल्ड गरेको थियो । हिजो शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको चलचित्रले शनिबार देशैभर आक्रामक कमाई गरेको छ । दोश्रो साताको शनिबार पनि दर्शक हलमा चलचित्र हेर्न उर्लिएका छन् । बलिउडको फ्रेस चलचित्र ‘कलंक’को प्रभाव ‘ए मेरो हजुर ३’को व्यापारिक रफ्तारमा परेको छैन ।

‘कलंक’लाई सिंगल हलमा चलचित्रले उछिनेको छ भने मल्टिप्लेक्समा पनि दोश्रो सातामा होल्ड गरेको उच्च शोमा दर्शकको उपस्थिती बलियो छ । काठमाण्डौको क्यूएफएक्सको १४ शोजमा दर्शकको अकुपेन्सी ८० देखि १०० प्रतिशतसम्म छ ।

यस्तै, काठमाण्डौको गोपिकृष्ण, अष्टनारायण मात्र होइन काठमाण्डौ बाहिरका पोखरा, चितवन लगायतका स्थानमा पनि चलचित्रको व्यापार उच्च छ । योसँगै यो चलचित्र सुपरहिट हुने पक्का भएको छ । यसैविच, नायक अनमोल केसी, नायिका सुहाना थापा, निर्देशक झरना थापा लगायतको टिम शनिबार काठमाण्डौको गोपीकृष्ण मुभिजमा पुगेको थियो ।

नायक अनमोल केसी आफ्नो चलचित्र रिलिज भएपछि संभवत पहिलो पटक दोश्रो पटक हल पुगेका हुन् । दोश्रो सातामा पनि गोपीकुष्णका ३ पर्दा हाउसफूल भएको निर्माणपक्षले बताएको छ । सुनिलकुमार थापाको निर्माण भएको चलचित्रलाई झरना थापाले निर्देशन गरेका हुन् । चलचित्र ‘छक्का पन्जा ३’ पछि नेपाली चलचित्रले यो खालको व्यापार गरेको हो । हलमा देखिएको दर्शकको चाप अन्य नेपाली चलचित्रमा पनि देखिने चलचित्रकर्मीको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment