+
+
Shares

गगनको कटाक्षः विष्णु पौडेललाई रुपन्देहीबासीले नै क्षतिपूर्ति दिनूस्

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ७ गते १९:३७

७ बैशाख, बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले व्यक्तिको नाममा गएको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन् । प्रधानमन्त्री धेरै जग्गा जोगाउन लाग्नुभयो भने बालुवाटार पनि जाने उनको भनाइ छ ।

कांग्रेस रुपन्देही क्षेत्रं नं. ४ को बुटवलमा भएको सम्मेलनमा थापाले कटाक्ष गर्दे भने, ‘म काठमाडौंको सांसद, तपाईंहरूले यहँँबाट निवार्चित गरेर पठाउनुभएको मेरो साथी सांसद काठमाडौंमा जग्गा किन्दा नराम्रोसँग ठगिनुभएछ ।’

नेकपा महासचिव विष्णु पौडेलको नाम नलिई उनले बालुवाटारको जग्गा किन्दा ‘ठगिएका’ रुपन्देहीका सांसदलाई काठमाडौंका जनताले क्षतिपूर्ति दिन नसक्ने बताए । ‘बर्दघाटको जग्गा बेचेर काठमाडौंमा किन्दा उहाँ नराम्रोसँग ठगिनुभएछ, उहाँको दुःखमा अन्यन्त सहानुभूति छ । विचरा नराम्रोसँग ठगिनुभएछ,’ उनले भने,’मलाई खुसी पनि लागेको छ, बालुवाटार किन्दाकिन्दा उहाले पशुपति किन्न भ्याउनुभएनछ ।’

थापाले क्षेत्रीय सम्मेलनमा आफ्नाा कुरा राख्न र सांसद ठगिएकोमा सहानुभूति प्रकट गर्न रुपन्देही आएको बताए ।

संविधानमाथि सरकारबाटै खतरा

कांग्रेस सांसद थापाले संविधानमाथि अहिलेको सरकारबाट धेरै खतरा रहेको बताए । ‘संविधानलाई खतरा कोहीबाट छ भने यसै संविधानमार्फत् सपथ खाएको सरकारबाट छ,’ उनले भने, ‘आजका लागि डरलाग्दो विषय नै यही हो । ’

‘विप्लव पार्टीको माग के हो , अहिलेसम्म बुझेको छैन, उसले चाहेको के हो ? बुझ्न सकेको छैन । सिके राउतबाट पनि संविधानमाथि खतरा छैन । मन्दिर-मन्दिर घुम्ने पूर्वराजा र पूर्वपञ्चबाट पनि संविधानमाथि खतरा छैन ।’

संविधान असफल भए नेपालले पूरानो नियति भोग्नपर्ने भन्दै कांग्रेसको कर्तव्य संविधान जोगाउनु भएको बताए ।

मुख्यमन्त्री किन पार्टीको कारिन्दा बने ?

देशमा ७ सय ५३ वटा सरकार बनेको भएपनि प्रधानमन्त्रीले त्यसलाई मान्दै नमानेको उनको आरोप छ ।

थापाले प्रदेशको ५ का मुख्यमन्त्री शंकर पोखरेलको कार्यशैली प्रति असन्तुष्टि पोखे । ‘मुख्यमन्त्री जस्तो लाग्दै लाग्दैन, प्रधानमन्त्रीको कारिन्दा जस्तो लाग्छ,’ पोखरेलको नाम नलिई भने, ‘प्रदेशको अधिकार र हकका लागि मुख्यमन्त्री लड्छ । तर, मुख्यमन्त्रीले प्रदेशको अधिकारको लागि बोलेकै सुनिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?