+
+
Shares

साकेला गाउँपालिका-३ का वडाध्यक्षको मृत्यु

रासस रासस
२०७६ वैशाख १० गते १५:२९

१० वैशाख, खोटाङ  । निमोनियाका कारण साकेला गाउँपालिका-३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ ।

गत चैतदेखि बिरामी भएका ३९ वर्षीय वडाध्यक्ष राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । सुरूमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वर र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन् ।

गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल ल्याउने क्रममा सौर्य भन्ने ठाउँमा ल्याइपुर्‍याउँदा राईको मृत्यु भएको आफन्तले बताएका छन् ।

राईको बाटैमा मृत्यु भएपछि आफन्तले सोमबार राति नै घर फर्काएका र अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर अहिले घरमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झकार’ले बताए ।

श्रद्धाञ्जलिका लागि जिल्लास्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला नेता कार्यकर्ता स्वर्गीय वडाध्यक्ष राईको घर पुगेका छन्। श्रद्धाञ्जलिसभापछि मंगलबार नै  उनको दाहसंस्कार गरिने आफन्तले बताएका छन् ।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा विजयी राई उक्त पार्टीका जिल्ला सदस्य थिए । पार्टीको युवा तथा विकासप्रेमी नेता गुमेको भन्दै नेकपाले दुःख व्यक्त गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?