Comments Add Comment

लिग खेल्न सावित्रा र अनिता भारत प्रस्थान

१६ वैशाख, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिममा खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय लिग खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाली टिमका मुख्य खेलाडी सावित्रा र अनिता भारतको महिला फुटबल लिगमा एउटै क्लब सेतुबाट खेल्नेछन् । त्रिभुवन विमानस्थलमा भारत जानै लाग्दा भेटिएका दुबै खेलाडीले भारतीय लिग खेल्न पाउनु खुशीको कुरा भएको भन्दै आफूहरु निकै उत्साहित रहेको बताए ।

भारतमै केही महिनाअघि सम्पन्न हिरो महिला गोल्डकपमा यी दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्यस्तै, विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा पनि यी दुबै खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । भारतमा महिला फुटबल लिग केही दिनमा सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment