Comments Add Comment

डडेल्धुराको विद्यालय भवनमा पुरुष मृत फेला

२६ वैशाख, डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमूना माध्यमिक विद्यालयमा एक व्यक्ति मृत फेला परेका छन् ।

३५ वर्षीय रनबहादुर दर्लामी मगर विद्यालयको दोस्रो तलामा बुधबार मृत अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय, जोगबुडाका प्रमुख प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेयकाअनुसार, मृतक मगर कैलाली चुरे गाउँपालिका–४, बण्डका बासिन्दा हुन्।

केही समयदेखि सोही विद्यालयमा मजदुरी गर्दै आइरहेका मगर मदिरा सेवनको कुलतमा फसेको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment