
२५ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका नेताहरु असन्तुष्ट बनेका छन् ।
असन्तुष्ट समूहले बुधबार भेला गरेका छन्, जहाँ पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए ।
भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् । उनीहरुले नेतृत्वलाई वैकल्पिक राजनीति भविष्य केही हुन्छ ? भन्ने प्रश्न समेत गरेका छन् ।
समाजवादी फोरमका नेता रामरिझन यादवले भने बाबुरामसँग केही असन्तुष्टि रहेको तर, नेकपा प्रवेश गर्ने योजना नरहेको अनलाइनखबरलाई बताए । असन्तुष्ट साथीहरुबीच मेरो घरमा बसेर छलफल भएको हो । दबाव समूह बनाउने सम्मको कुरा भएपनि अरु पार्टीमा जाने कुरा भएको छैन’ उनले भने ।
पूर्वसभासद सीमा नेकपामा प्रवेश
यसैबीच नयाँ शक्ति पार्टीकी नेतृ एवं पूर्वसभासद सीमा विक नेकपा प्रवेश गरेकी छन् । नेकपा अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल लगायतले उनलाई पार्टी प्रवेश गरेका छन् ।
प्रतिक्रिया 4