Comments Add Comment

कानुन दिवस : प्रधानन्यायाधीश राणा भन्छन्- विधिको शासनका लागि प्रेरणा मिलोस्

२६ वैशाख, काठमाडौं । आज कानुन दिवस, कानुन र न्याय क्षेत्रका संलग्नहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । यसै अवसरमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले शुभकामना सन्देश दिँदै विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भनेका छन् ।

नेपालमा विक्रम संवत् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याएका थिए । सोही दिनको दिनको स्मरणमा हरेक वर्ष २६ वैशाखलाई कानून दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा सर्वोच्च अदालत परिसरमा अपराह्न जलपान कार्यक्रम आयोजना गरिएको छ ।

दिवसको अवसरमा प्रधानन्यायाधीश राणाले जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिकाको प्रवर्द्धन र सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वास समेत लिएको छु,’ प्रधानन्यायाधीश राणाको शुभकामना सन्देशमा लेखिएको छ ।

साथै उनले कानुन दिवस २०७६ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

नेपालमा स्वतन्त्र न्यायपालिकाको जग बसाल्ने श्रेय हरिप्रसाद प्रधानलाई दिइन्छ । हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधानन्यायाधीश हुन् । नेपालका पछिल्ला प्रधानन्यायाधीशहरु भने राजनीतिबाट प्रभावित हुने गरेकाले विवादमा मुछिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment