Comments Add Comment

जावलाखेल क्लब सिन्धुकप फुटबलको फाइनलमा

२६ वैशाख, काठमाडौं । जावलाखेल युथ क्लब चौथो सिन्धुकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिन्धुपाल्चोक लामोसाँघुस्थित बसन्तपुर मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा जावलाखेलले आयोजक युथ स्पोर्टस् क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको हो । उपाधिका लागि जावलाखेलले गोर्खा ब्वाइज क्लब रुपन्देहीसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समयसम्म २–२ को बराबरी खेलेपछि खेलको छिनोफानो पेनाल्टीबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा युथ स्पोर्टस् क्लबका विएम कुथु र सन्जिब लामा गोल गर्न चुके । जावलाखेलका विशाल तामाङ, सुजित बुढाथोकी, अरुज सिंह, र डानिल बेजेले गोल गरे ।

खेलको २५ मिनेटमा विदेशी खेलाडी फोडे फोफानाले जावलाखेलको लागि सुरुवाती गोल गरे । उनले सुजित बुढाथोकीको पास सदुपयोग गरेका थिए ।

५५ औं मिनेटमा युथ स्पोर्टस् क्लबका कप्तान विएम कुथुले पेनाल्टीमा गोल गरे । सुरेश खत्रीले खेलको ६० मिनेटमा गोलगरेपछि युथ स्पोर्टस् क्लब २–१ ले अघि रहेको थियो । तर ८२ औं मिनेटमा जावलाखेलले गोल गर्दै २–२ गोलको बराबरी बनायो । जावलाखेलका लागि गौत्तम श्रेष्ठले गोल गरेका थिए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment