Comments Add Comment

कालीप्रसाद र पुष्पन शुक्रबार सिड्नीमा गुञ्जिदै

सिड्नी/नेपाली गीतसंगीतका स्थापित गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा र छोटो समयमा नेपाली समुदायमाझ ख्याती कमाएका गायक पुष्पन प्रधान अष्ट्रेलिया टूरमा छन् ।

उनीहरु दुबैजनाको संयुक्त प्रस्तुती शुक्रबार सिड्नी हुने छ । कार्यक्रमका बारेमा जानकारी दिन मंगलबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका उनीहरुले अष्ट्रेलिया आफूहरुको लागि विशेष भएको बताएका छन् ।

अष्ट्रेलियामा नेपाली संगीतका शुभचिन्तकहरुसँग प्रत्यक्षरुपमा भेट हुने र आफूहरुले जीवन्त संगीत प्रस्तुत गर्न पाउनु खुसीको कुरो भएको कालीप्रसाद र पुष्पनको भनाइ छ ।

मेलबर्नमा पनि आफ्नो प्रस्तुति निकै रोचक भएको बताउँदै सिड्नीमा पनि त्यस्तै भव्य हुने उनीहरुले विश्वास व्यक्त गरे ।

शुक्रबार (मे १०) मा हुने कार्यक्रममा नेपालबाट ‘द स्याडो’ नामक सांगीतिक समूह पनि सभागी हुँदै छ । सिड्नी महानगर भित्र आयोजना हुने कार्यक्रमलाई सिड्नीका व्यवसायीहरुले सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment