+
+
Shares

राजपासँग वार्ताको ढोका खुला राख्ने समाजवादी पार्टीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते १९:१५

२६ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीले अन्य पार्टीहरुसँग वार्ताको ढोका खुला राख्ने निर्णय गरेको छ ।

पार्टी एकतापछि बिहीबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) लगायतसँग एकता वार्ताको ढोका खुला राख्ने निर्णय गरेको हो । ‘दुई पार्टीको छलफल धेरै अगाडि बढिसकेकाले एकसाथ हुन सकेन तर, त्यसबेला नै हामीले छिट्टै वार्ता गर्छौं भनेका थियौं । त्यसअनुसार प्रगतिशील शक्तिहरुसँग वार्ताको ढोका खुला राख्ने निर्णय गरेका छौं’ सचिव प्रशान्त सिंहले भने ।

बैठकले काठमाडौं उपत्यका बाहेकका ८ स्थामा अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?