+
+
Shares

बाबुराममाथि लाग्यो सहभागितामूलक लोकतन्त्रको खिल्ली उडाएको आरोप

असन्तुष्ट नेताहरुले बुझाए ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते १५:०७

२६ वैशाख, काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टीका असन्तुष्ट नेताहरुले समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी बनेको छ । तर, नयाँ शक्तिमा रहेका कल्पना धमला, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, भक्तबहादुर शाह, सोनाम सिंह स्याङ्तान लगायतका नेताहरु असन्तुष्ट छन् ।

असन्तुष्ट नेताहरुले बिहीबार भट्टराईलाई भेटेर पार्टी एकता गर्नुपूर्व आफूहरुसँग छलफल नभएको गुनासो गरेका छन् ।

पार्टी एकताको मुल दस्ताबेजबारे केन्द्रीय समितिमा छलफल नभएको, विचार र संगठनको महत्वलाई प्राथमिकतामा नराखी सहभागितामूलक लोकतन्त्रको खिल्ली उडाएको, पार्टी घोषणाको सभाहलमा विभेदपूर्ण चित्र देखिएको असन्तुष्ट नेताहरुको गुनासो छ ।

‘हामीले ज्ञापनपत्र बुझायौं, उहाँले मनन गर्छु भन्नुभयो’ नेता यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?