Comments Add Comment

सेयर बजारमा सामान्य सुधार, ८४ करोडको कारोबार

२९ वैशाख, काठमाडौं । दिनभर उतारचाढाव भइरहेको सेयर बजार परिसूचक नेप्से आइतबार ३.०७ अंकले बढेको छ । बजार खुलेलगत्तै सकारात्मक बनेको नेप्सेमा डेढ घण्टा पछि ७ अकंले घट्यो । त्यसपछिको एक घण्टामा १० अंकले सुधार भएको बजर परिसूचक दिउँसो २ बजे पुनः ६ अंकले घट्यो ।

अन्तिम आधा घण्टामा बजार उकालो लाग्दै अघिल्लो दिनको तुलनामा ३.०७ अंकले सुधार देखिएर नेप्से परिसूचक १२९५.३ अंकमा पुग्यो । आइतबार १७१ कम्पनीको २६ लाख ७० हजार १७० कित्ता शेयर ८ हजार ३८ पटक किनबेच भई ८४ करोड ८१ लाख ३९ हजार ३२६ रुपैयाँको कारोबार भयो ।

आइतबार सानिमा बैंकको ९ लाख १३ हजार ८३५ कित्ता संस्थापक सेयर १६ करोड ४५ लाख ८१ हजार ६८३ रुपैयाँमा कारोबार भयो । त्यसै गरी सगरमाथा इन्स्योरेन्स, शिवम् सिमेन्ट, प्रिमियर इन्स्योरेन्स, ओरेण्टल होटल्स, नेपाल बैंक, सूर्य लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकको कारोबार पनि उच्च रह्यो ।

आइतबार कारोबारमा आएको १० उपसूचक मध्ये ४ उपसूचक मात्रै सकारात्मक बन्यो । ननलाइफ इन्स्योरेन्स, होटल्स, फाइनान्स र उत्पादन उपसमूह सकारात्मक बन्दा बैंकिङ, जलविद्युत, लाइफ इन्स्योरेन्सलगायतका उपसमूह ऋणत्मक बन्यो ।

आइतबार शिवम् सिमेन्टको ९.९८ प्रतिशतले सुधार आई लगानीकर्ताले उच्च नाफा आर्जन गरे । प्रिमियर इन्स्योरेन्स, ओरेण्टल होटल्स र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले पनि नाफा कमाए ।

सबैभन्दा धेरै सूर्योदय लघुवित्तको सेयर मूल्य ७.२६ अंकले घटेकाले यसका लगानीकर्ताले बढी गुमाएका छन् । यस्तै नबिल इक्युटी फण्ड, सिनर्जी पावर डेभलपमेण्ट, माउन्टेन हाइड्रो, गण्डकी विकास बैंकलगायतका लगानीकर्ताले पनि गुमाउन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment