Comments Add Comment

सिन्धुपाल्चोकका ३ स्थानीय तहलाई ‘ख’ वर्गको एम्बुलेन्स

सिन्धुपाल्चोक/सिन्धुपाल्चोकका ३ वटा स्थानीय तहमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रले सुविधासम्पन्न ‘ख’ बर्गको एम्बुलेन्स पाएका छन् ।

क्यानेडीएन रेडक्रसको सहयोगमा जिल्ला रेडक्रस सेासाइटीले बाह्रविसे, मेलम्ची नगरपालिका र बलेफी गाउँपालिकामा सञ्चालित स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे, मेलम्ची र प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेमा केन्द्र हुने गरी हस्तान्तरित एम्बुलेन्स सञ्चालनहुने छ ।

प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्राथमिक स्वास्थ्य केन्द्र भएका वडाका वडाध्यक्षहरुलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीले देशभर २१७ एम्बुलेन्स सञ्चालन गरिरहेको छ । त्यो मध्ये ‘ख’वर्गको एम्बुलेन्स सिन्धुपाल्चोकबाट सुरुआत गरिएको रेडक्रसका केन्द्रीय उपाध्यक्ष देवरत्न धाख्वाले जानकारी दिए ।

‘क’वर्गको एम्बुलेन्समा मेडिकल डाक्टरसहित एम्बुलेन्स भित्र बिरामीलाई आवश्यक पर्नै सबै सुविधा हुने भए पनि ‘ख’ वर्गको एम्बुलेन्समा भने स्वास्थ्य सम्बन्धी दक्ष जनशक्ति मात्रै हुने गर्दछन् ।

अन्य स्वास्थ्य सामग्री भने ‘क’ वर्गमा जत्तिकै हुने चौतारा अस्पतालकी डाक्टर पुमावती थापाले जानकारी दिइन ।

‘ख’ वर्गको एम्बुलेन्समा दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक ३४ प्रकारका स्वास्थ्य सामग्री हुने गर्दछ । सिन्धुपाल्चोकमा यो सुविधा भएको एम्बुलेन्स पहिलो पटक आएको हो ।

सुविधा सम्पन्नएम्बुलेन्सलाई बाह्रविसे नगरपालिकालगायतआसपासका स्थानीयतहकाविरामीहरुलाई समेत सुविधापुग्ने बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए । बाह्रविसेमा सबैको सहयोगले सुविधासम्पन्न स्वास्थ्य संस्थानिर्माण भएको छ,जनशक्ति ल्याउनलागिरहेका छौ,अबएम्बुलेन्स पनिप्राप्तभयो,हामीलाई सहजभयो मेयर शेर्पाले भने ।

एम्बुलेन्स हस्तान्तरण तथा सेवा शुभारम्भ कार्यक्रममा प्रदेश ३ का सामजिक विकासमन्त्री दुलालले सुविधा सम्पन्न एम्बुलेन्सले विकट क्षेत्रका स्थानीय उपचार नपाएर अकालमा नै मृत्युको मुखबाट जोगिनका लागि प्रभावकारी भएको बताए ।

मन्त्री दुलालले धेरै स्थानीय तहका प्रमुखहरुले दमकल र एम्बुलेन्स प्रयोगमा नै नआएको भनेर चिन्ता व्यक्त गर्ने गरेको बताउँदै आवश्यकता पर्दा जतिबेला पनि यस्ता सेवाहरु सहज रुपमा जनतालाई उपलब्ध हुनु पर्नै बताए ।

प्रदेश ३ ले ल्याएको मुख्यमन्त्री स्वास्थ्य परीक्षण अभियानलाई समेत यो ‘ख’ वर्गको एम्बुलेन्सले सहयोग पुग्नेमा मन्त्री दुलालले विश्वास व्यक्त गरे ।

सिन्धुपाल्चोकमा विभिन्न संघसंस्था र सरकारी निकायहरुबाट गरी १५ एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।

शहरी क्षेत्रमा सहजै एम्बुलेन्स उपलब्ध हुने भए पनि ग्रामीण क्षेत्रका स्थानीयले भने सहज रुपमा एम्बुलेन्स पाइरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment