Comments Add Comment

स्वर्गद्वारीका महिलालाई क्रिष्टलको गहना बनाउने तालिम

३१ वैशाख, प्यूठान । स्वर्गद्घारी नगरपालिकाका महिलालाई क्रिष्टलको गहना बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग समिति  प्यूठानको सहयोगमा ग्रामीण आर्थिक विकास मञ्चले महिलाहरुलाई तालिम दिएको हो ।

मञ्चले ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम दिन सुरु गरेपछि केही महिला लाभान्वित भएका छन् भने केही सीप आर्जन गरिरहेका छन् ।

ग्रामीण महिलाहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले क्रिष्टल, हाते होजीयारी, बुटिक, सिलाइ, कुखुरापालन, बङ्गुरपालन, दुनाटपरी, डोकोमुडा, डल्स, अगरबत्ती, च्याउ खेतीलगायतका तालिम दिइएको मञ्चकी कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार मञ्चले जिल्लाका ४ स्थानीय तहमा १६७ नयाँ उद्यमी सिर्जना गर्ने योजना बनाएको छ ।

स्वर्गद्वारी नगरपालिकाकी–२, जोगिमाराकी एलिना न्यौपानेले क्रिष्टलका गहना बनाउने तालिम पाएपछि यसलाई व्यावसायिक रुपमा अघि बढाउने योजना बनाएको बताइन् ।

स्वर्गद्वारीमा क्रिष्टलका गरगहनाको राम्रो कारोबार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment