Comments Add Comment

प्रहरीमाथि लाग्यो सिक्री चोरीको आरोप

३० वैशाख, काठमाडौं । बौद्ध-जोरपाटी सडकखण्डको मर्मत सम्भार गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीको सिक्री प्रहरीले चोरेको आरोप लागेको छ ।

घटनामा मुछिएका प्रहरी जवान अमिर श्रेष्ठलाई महानगरीय प्रहरी परिसर, टेकुले कारबाही समेत गरेको छ । उनलाई निलम्बन गरेर छानविन थालिएको हो ।

श्रेष्ठलाई परिसर तानेर अनुसन्धान भइरहेको डीएसपी होविन्द्र बोगटीले बताए । ‘हामीले परिसरमा ल्याएर बुझ्ने काम गरिरहेका छौं । निलम्बन प्रक्रिया पनि थालिएको छ’, उनले भने ।

स्रोतका अनुसार श्रेष्ठले बयानका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदा आफूसँगै सिक्री आएको बताएका छन् ।

‘झरेको अवस्थामा फेला परेको थियो । फर्किएर जाँदा सम्बन्धित धनी भेटिएनन्’, उनको बयानलाई उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसपछि सिक्री मसँगै थियो ।’

श्रेष्ठले आफूले तत्काल कार्यालय प्रमुखलाई नबताउनु गल्ती भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment