
१८ असार, जनकपुरधाम । महोत्तरीको मरहा खोलामा बालुवागिट्टी झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका १० जलिल टोलीका दिनेश मण्डलकी ११ वर्षीया छोरी करिनाकुमारी मण्डल रहेकी छन् ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टका अनुसार बुधबार अपराह्न साढे ४ बजेको समयमा मरहा नदीको किनारमा बालुवागिट्टी झिकिएको खाल्डोमा जमेको पानीमा दुई बालिका नुहाउन पुगेका थिए ।
करिनाकुमारी पहिले नुहाउन पसेपछि उनी डुबेकी थिइन् । सँगै गएकी बालिकाले स्थानीयलाई बोलाएपछि स्थानीयले निकालेका थिए । उपचारका लागि बर्दिबास लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको डीएसपी भट्टले बताए ।
क्रसर उद्योगीले त्यस क्षेत्रबाट अवैध रूपमा गिट्टी बालुवा झिक्दै आएका थिए ।
प्रतिक्रिया 4