Comments Add Comment

यसरी गरियो शताव्दी पुरुष सत्यमोहनको सम्मान

३० वैशाख, काठमाडौं । शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगरपरिक्रमासहित सम्मान गरिएको छ । उनलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको हो ।

जोशीसँगै बग्गीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु पनि बसेका छन् । जोशी दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका छन् ।

नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उल्लेख्य उपस्थिति छ ।

बग्गीको सवारीअघि उनको घरमा परिवारका सदस्य, आफन्त र सर्वसाधारणले फूलमाला, खादा र टीका लगाइदिएर आशिर्वाद लिएका थिए । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश पनि उनलाई हस्तान्तरण गरिएको थियो ।

यो पनि पढ्नुहोस सत्यमोहनको १०० वर्षको विहान : निवासमा केके भयो ?

बग्गीमा सवारी गराउनका लागि जोशीलाई लिन मेयर चिरीबाबु महर्जन उनकै घरमै पुगेका थिए ।

इतिहासविद सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा ललितपुरमा सोमबार एक दिन सार्वजनिक विदा नै दिइएको छ । ललितपुर महानगरले उनको सम्मानमा एक वर्षसम्म बिभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाउने घोषणा समेत गरेको छ ।

     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment